स्थानीय तहको संख्या बढाउने प्रस्ताव (विवरण सहित)
सोमबार, ०८ जेठ २०७४, २० : ५७
शम्भु दंगाल
काठमाडौं, जेठ ८ – स्थानीय तहको संख्या परिमार्जनमा लागि सरकारले गठन गरेको कार्यदलले तराईका १९ जिल्लामा २३ स्थानीय तह थप गर्ने प्रतिवेदन तयार पारेको छ ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदार संयोजक, कानुन मन्त्री अजयशंकर नायक र रक्षामन्त्री वालकृष्ण खाँण सदस्य रहेको समितिले विरगञ्ज र बिराटनगरलाई महानगरपालिका बनाँउने प्रस्ताव गरेको छ ।
यस्तै २४ गाउपालिकालाई नगरपालिकामा स्तोरोन्नती गर्ने र तराईका १९ जिल्लामा २३ वटा नयाँ स्थानीय तह थप्न गर्न प्रस्वाव गरेको हो ।
यी हुन नयाँ २३ वटा स्थानीय तह थप हुने जिल्लाहरु ः
सुनसरी २ स्थानीय तह थप हुने
सप्तरी ः १ स्थानीय तह थप हुने
धनुषा ः १ स्थानीय तह थप हुने
सिरहा ः १ स्थानीय तह थप हुने
पर्सा ः २ स्थानीय तह थप हुने
रौतहट ः २ स्थानीय तह थप हुने
सर्लाही ः ३ स्थानीय तह थप हुने
बारा ः १ स्थानीय तह थप हुने
नवलपरासी ः ३ स्थानीय तह थप हुने
रुपन्देही ः ३ स्थानीय तह थप हुने
कपिलवस्तु ः ३ स्थानीय तह थप हुने
कैलाली ः १ स्थानीय तह थप हुने
बाँके ः १ स्थानीय तह थप हुने
यी जिल्लाका निम्न संख्याका गाँउपालिका नगरपालिकामा स्तरोन्नतीको प्रस्ताव गरिएको छ ः
झापा ः १
रौतहट ः ११
धनुषा ः १
बारा ः १
रुपन्देही ः २
बाँके ः २
कैलाली ः १
महोत्तरी ः ३
यी जिल्लामा रहेका २४ गाँउपालिकालाई नगरपालिकामा स्तरोन्नतीको प्रस्ताव गरिएको छ । यसबारे मन्त्रीपरिषदको बैठकमा छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण