१२ जिल्लामा २२ स्थानीय तह थप : बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने सरकारको निर्णय (सूचीसहित)
शम्भु दंगाल
जेठ ८, काठमाडौं । सरकारले वीरगञ्ज र बिराटनगरलाई महानगरपालिका बनाँउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले तराईमा २ महानगरपालिका सहित २२ स्थानीय तह थप गर्ने निर्णय गरेको छ ।
१२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदारको टोलीको सुझाव अनुसार २३
गाँउपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय समेत गरेको छ ।
सरकारले बनाएको कार्यदलले ढिलो गरी ल्याएको प्रस्तावमाथि साँझदेखि मन्त्रीपरिषदमा छलफल भएको हो ।
मन्त्रीपरिषदको बैठकले सुनसरीमा २ वटा, सप्तरीमा १, रौतहटमा २, पर्सामा २ वटा थप गर्ने तर केही गाँउ नगरपालिमा गाभिने, धनुषामा १ सर्लाहीमा ३, बारामा १, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलबस्तुमा ३, कैलालीमा १, बाँकेमा १ गरी २२ स्थानीय तह थप गरिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।
झापामा २ गाँउपालिकालाई नगरपालिका बनाइएको छ । यस्तै सिराहामा १, रौतहटमा ११ रुपन्देहीमा २, बाँकेमा २, कैलालीमा १ र महोत्तरीमा ३ नगरपालिका थप गरिएको छ ।
यसअघि तराईका अरु जिल्लामा दश एघारको संख्यामा नगरपालिका भएपनि रौतहटमा ३ वटा मात्र नगरपालिका रहेका कारण जनसंख्यालाई हेरेर नगरपालिका थप गरिएको मन्त्री कार्कीले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको प्रस्ताव नंबर २२ सय ५० मा सुरक्षा र शान्ति सम्बन्धी विषयमा राष्ट्रिय कार्ययोजनालाई स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ ।
पशु चिकित्सा समितिको अध्यक्षमा सीताराम अधिकारीलाई नियुक्त गरेको छ ।
यस्तै दुग्ध विकास समितिको अध्यक्षमा रघुनाथ गौतमलाई नियुक्त गरेको छ । र भलिवल खेललाई राष्ट्रिय खेलको रुपमा राख्ने निर्णय गरेको छ ।
यस्तै सरकारले म्यादी प्रहरीको समयावधी समेत थप गर्ने निर्णय गरेको छ । दोश्रो तहको स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि समयावधी थप गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण