सरकारको निर्णय : आजदेखि भलिबल भयो नेपालको राष्ट्रिय खेल
सोमबार, ०८ जेठ २०७४, २२ : ३७
शम्भु दंगाल
जेठ ८, काठमाडौं । राष्ट्रिय खेल नभएको नेपालले आजदेखि भलिबल पाएको छ । प्रधानमन्त्रीको प्रचण्डको सरकारी निवास बालुवाटारमा सोमबार साँझ शूरु भएर राती सकिएको मन्त्रीपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिबल बनाउने निर्णय गरेको हो ।
बैठकपछि मन्त्रीपरिषदको निर्णय सुनाउदै अन्तिममा सुचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले भने–हामीले एउटा रमाइलो निर्णय गरेका छौँ, हाम्रो राष्ट्रिय खेल नभएकोले आजदेखि भलिबललाई राष्ट्रिय खेल बनाएका छौँ ।
सरकार परिवर्तन हुने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण