शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ तारेभीरको ट्रेलर (भिडियो)

मङ्गलबार, ०९ जेठ २०७४, ०८ : १०
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं - प्रेम सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र 'तारेभीर’ को ट्रेलर रिलिज गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ट्रेलरको साथै चलचित्रका ३ वटा गीत पनि सार्वजनिक गरिएको थियो । असार २ गते रिलिज हुन लागेको चलचित्र ‘तारेभीर’मा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मन्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । प्रेम सुब्बाको लेखन तथा निर्देशन तथा डीके दिवानको निर्माणमा यो चलचित्र तयार भएको हो । कार्यक्रममा निर्देशक सुब्बाले ‘तारे भीर’बाट दर्शकले भरपुर मनोरञ्जन प्राप्त गर्ने दाबी पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप