लेगुवा–भोजपुर सडक कालोपत्रे गर्ने काम तीव्र
मङ्गलबार, ०९ जेठ २०७४, ०८ : ०२
भोजपुर - ६६ किलोमिटर लेगुवा–भोजपुर सडकखण्डमा कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ ।
सडक कालोपत्रे भएपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको भोजपुरमा यातायात सहज हुने भएको हो । हाल जरायोटारको सिमटारदेखि लेगुवातर्फ पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे भइसकेको छ ।
सडकलाई गुणस्तरीय र मापदण्डअनुसारको बनाउन लेगुवाघाट–भोजपुर सडक योजनाले पनि तीव्ररुपमा काम अगाडि बढाएको जनाएको छ । लेगुवा–भोजपुर सडक योजनाका प्रमुख विजय महतोका अनुसार यसबर्ष आगामी माघ १ गतेसम्म ३० किलोमिटर कालोपत्रे गरिसक्ने तयारी छ ।
सम्झौता अनुसार सडकको काम २०७४ साल माघ १ गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ । सडक कालोपत्रे हुन थालेपछि स्थानीय भने हर्षित भएका छन् । सडक निर्माणको जिम्मा संयुक्तरुपमा टेन्जिङ, रमन र कन्काई कम्पनीले लिएको छ । सडक एशियाली विकास बैंकको रु ९९ करोड ४४ लाख ६७ हजार ५०० लगानीमा निर्माण भइरहेको छ ।
कालोपत्रे भएपछि धनकुटा, धरान, सङ्खुवासभा, मोरङ, सुनसरी, झापालगायतका जिल्लामा भोजपुरको सहज सम्पर्क हुनुका साथै व्यापार व्यवसाय सहज हुनेमा भोजपुरवासी आशावादी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण