शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तनहुँको मुसेखोलामा मोटरसाईकल दुर्घट्ना, दुई गम्भिर घाईते

मङ्गलबार, ०९ जेठ २०७४, ०८ : ०७
मङ्गलबार, ०९ जेठ २०७४
दमौली - तनहुँको व्यास नगरपालिका–१ स्थित मुसेखोलामा सोमबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट पोखरा आउँदै गरेको ना ६ प २५५० नं को बसले दमौलीबाट डुम्रे जाँदै गरेको ग १० प ८७३८ नं को भिआर मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् । ठक्करबाट गम्भीर घाइते हुनेमा व्यास–२ का मोटरसाइकल चालक १९ वर्षीय विष्णु सुनार र पछाडि सवार १८ वर्षीय सचिन सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये विष्णु सुनारको दाहिने खुट्टा छिनेको छ । उनको गोलीगाँठो भन्दा तलको भाग छुट्टिएर सडकमा खसेको थियो । घाइते ती दुवै जनाको रत्नहरि अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मेट्रोसिटी अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप