जिप दुर्घटनामा १४ घाइते, तीन गम्भीर
मङ्गलबार, ०९ जेठ २०७४, ०८ : १८
बैतडी - बैतडीको दशरथचन्द राजमार्गमा सोमबार साँझ जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइते हुनेमा बैतडीको सुर्नया गाउँपालिका–८ सिखरपुरका ३२ वर्षीय धनीराम लुहार, सोही ठाउँका २२ वर्षीय इन्द्रराम लोहार र बल्देव विक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।
गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली रिफर गरिएको उहाँले बताउनुभयो । अन्य घाइतेको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ ।
बैतडीको खोडपेबाट सदरमुकाम गोठलापानीका लागि छुटेको से १ ज २४५ नम्बरको जिप सोमबार साँझ ७ बजे दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ छेला नजिक दुर्घटनामा परेकोे हो ।
जिप चालक दशरथचन्द नगरपालिका–२ का आनन्द बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकवाट २० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण