शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको आज विशेष सम्बोधन, राजीनामा दिने

मङ्गलबार, ०९ जेठ २०७४, १० : १६
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौँ, जेठ ९ – प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बैठकमा बिशेष संम्बोधनसँग आज पदबाट राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज दिउँसो १ बजे व्यवस्थापिका संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको सम्बोधनका लागि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको छ ।

अहिले बालुवाटारमा मन्त्रिपरिषद बैठकमा बस्दैछ ।

नेपाली काङ्ग्रेसको समर्थनमा प्रचण्ड गत साउन १९ गते प्रधानमन्त्रिमा निर्वाचित एका थिए ।

त्यतिबेला काङ्ग्रेससँग भएको भद्र सहमति पालना गर्ने बताउँदै प्रचण्डले अब नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवालाई आगामी प्रधानमन्त्रीको रुपमा समर्थन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप