शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट एकको मृत्यु

मङ्गलबार, ०९ जेठ २०७४, ०८ : २९
मङ्गलबार, ०९ जेठ २०७४
रत्ननगर चितवन  - चितवनको रत्ननगरस्थित टिकौलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ९ः३० बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रत्ननगर नगरपालिका–११ बस्ने ३० वर्षीय उपनेश विकको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रत्ननगरबाट भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १४४२ नम्बरको ट्रकले रत्ननगरतर्फ आउँदै गरेको ना ३९ प ७८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा राति नै ज्यान गएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप