बेलिब्रिज खोलेपछि छ महिना गाईघाट खोटाङ चल्ने यातायात बन्द
मङ्गलबार, ०९ जेठ २०७४, ०८ : ३८
गाईघाट उदयपुर - उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म प्रत्यक्ष सञ्चालन हुँदै आएको यातायात सेवा सुनकोसी नदीको बेलिब्रिज खोलेपछि सोमबारदेखि छ महिनाका लागि पूर्णरुपमा बन्द हुन पुगेको छ ।
उदयपुर जिल्लाको फोक्सिङटार र खोटाङको लिच्कीराम्चे बीचमा पर्ने सुनकोसी नदीमा जडान गरिएको बेलिब्रिज सुनकोसी नदीमा पानीको बहाव बढेसँगै सोमबारदेखि खोल्ने काम भएको कुरा गाईघाट–दिक्तेल सडक कार्यालय, उदयपुर बोक्सेका इन्जिनियर कमलप्रसाद यादवले बताए ।
वर्षा लागेसँगै सुनकोसी नदीको बहाव बढेको कारण बेलिब्रिज बगाउने सम्भावना भएका कारण छ महिनाका लागि बेलिब्रिज खोलिएको इन्जिनियर यादवले बताए । पचास मिटर लम्बाइ रहेको उक्त बेलिब्रिज गत मङ्सिर महिनामा जडान गरिएको थियो । अब छ महिनापछि हिउँदको मङ्सिर महिनामा मात्र पुनः बेलिब्रिज जडान गरिने पनि गाईघाट–दिक्तेल सडक कार्यालयले बताएको छ ।
सुनकोसीमा बेलिब्रिज खोलिएसँगै अब उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङसम्म प्रत्यक्ष यातायात सेवा बन्द हुन पुगेपछि पहाड मधेस आवतजावत गर्ने सयौँ यात्रु भने १५८ किलोमिटरको यात्रा पैदल हिँड्न बाध्य हुनुपरेको यात्रु बताउँछन् ।
यस्तै, यस क्षेत्रमा सञ्चालन हुँदै आएका यातायातका साधनसमेत बन्द गर्न पर्दा यातायात व्यवसायी र मजदुरको रोजीरोटीमा समस्या आएको एक यातायात व्यवसायी कुमार मगरले बताए ।
स्मरण रहोस्, २०५१ सालमा निर्माण कार्य सुरु भएको गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अहिलेसम्म पनि स्थायी पुल निर्माण भइनसक्दा यस क्षेत्रका यातायात व्यवसायी र यात्रुले प्रत्येक वर्ष वर्षायाममा कष्ट भोग्दै आउनु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण