सत्तरी वटा विद्यालयमा पुस्तकालय बन्ने
मङ्गलबार, ०९ जेठ २०७४, ०८ : ४३
इलाम - दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् ।
पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ । प्लस टु सञ्चालन भएका विद्यालयमा चालु आवमै पुस्तकालय सञ्चालन गर्ने गरी विद्यालयसँग सम्झौता गरेर काम थालिसकेको जिशिकाले जनाएको छ ।
कतिपय विद्यालयले पुस्तकालय स्थापनाका लागि पूर्वाधार तयार गरिसकेका छन् भने केहीले पूर्वाधार निर्माणको काम अघि बढाइसकेको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताए ।
जिशिअ गौतमका अनुसार ७० विद्यालयमध्ये ४० वटा विद्यालयमा रु छ लाख ५० हजारका दरले पुस्तकालय निर्माणका लागि र ३० वटा विद्यालयमा पुस्तकालय तथा ल्याब सामग्री खरिदका लागि रु एक लाख ५० हजारका दरले रकम दिइनेछ ।
रोङ गाउँपालिकाको कोल्बुङस्थित शान्ति निकेतन मावि र सूर्योदय नगरपालिकाको लक्ष्मीपुरस्थित ज्योति माविमा निर्माणाधीन पुस्तकालय नमुना रहेको भन्दै ती विद्यालयको सिको गर्न अन्य विद्यालयलाई जिशिअ गौतमले आग्रहसमेत गरे ।
पुस्तकालय निर्माण गर्न शिक्षा कार्यालयसँग भएको सम्झौताअनुसारको मापदण्ड पूरा नगर्ने विद्यालयको थप रकम निकासा नहुने र निकासा भएको रकमसमेत तेस्रो चौमासिक निकासाबाट कट्टा हुने पनि जिशिअ गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण