विद्यालय भवन पुनःनिर्माण गर्न विदेशीले गरे रु पाँच लाख सहयोग
मङ्गलबार, ०९ जेठ २०७४, ०८ : ४९
बाबियाचौर म्याग्दी - रघुगङ्गा गाउँपालिका–३ भगवतीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि एक विदेशी संस्थाले रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।
२०७२ वैशाख १२ र २९ गतेको भूकम्पले क्षति पुगेका कक्षाकोठा भवन पुनःनिर्माणका लागि बेल्जियमको हिमालयन परियोजनाले सो आर्थिक सहयोग गरेको हो । संस्थाका पवल भन्द्रे मुर्टेल र निता बुदुजा पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीलाई सोमबार सो रकम हस्तान्तरण गरेका हुन् ।
संस्थाका मुर्टेल र बुदुजाले गतवर्ष पूर्व विद्यार्थी राजु गिरीको पहलमा क्षतिग्रस्त विद्यालयको अवलोकन गरेका थिए । सो विद्यालयमा हाल तीन कोठे भवन पुनःनिर्माण भइरहेको छ । जिल्ला शिक्षा कार्यालयले रु ३१ लाख अनुदान उपलब्ध गराएको छ । शिक्षा कार्यालयको अनुदान अपुग हुने भएपछि बाह्य स्रोतबाट समेत आर्थिक जुटाइएको अध्यक्ष भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण