म्यान्चेस्टरमा आरियाना ग्रान्डेको कन्सर्टमा विस्फोट, १९ को मृत्यु, ५० घाइते
म्यान्चेस्टर, जेठ ९ – म्यान्चेस्टर एरिनामा भएको सम्भावित आतंकवादी आक्रमणमा १९ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
अमेरिकी पप गायिका आरियाना ग्रान्डेको कन्सर्टमा स्थानीय समयअनुसार १९ बजेर ३५ मिनेट जाँदा विस्फोट भएको थियो ।
विस्फोटको कारण अझै यकिन नभए पनि प्रधानमन्त्री थेरेसा मेले यो आतंकवादी आक्रमण हुनसक्ने बताउँदै यसमा प्रहरीले अनुसन्धान गरिरहेको बताएकी छिन् ।
बेलायती ट्रान्सपोर्ट प्रहरीले एरिनाको फोयर क्षेत्रमा विस्फोट भएको बताएको छ ।
विस्फोटपछि प्रधानमन्त्रीले आफ्नो निर्वाचनको अभियानलाई स्थगित गरेकी छिन् । घटनाबारे कोब्रा कमिटीको आकस्मिक बैठक बस्ने बिबिसीले उल्लेख गरेको छ ।
मेले भनिन्, ‘म्यान्चेस्टरमा के भएको हो भन्ने बारेमा हामीले अनुसन्धान गर्दैछौँ ।’
नाम उल्लेख नगरिएका दुई अमेरिकी अधिकारीलाई उल्लेख गर्दै यो घटना आत्मघाती बम विस्फोट भएको रिपोर्टहरु पनि सर्वाजनिक भएका छन् ।
घटनापछि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । घाइतेहरुको उद्दारमा पनि धेरै संख्यामा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण