किशोरी मृत्युको कारण अर्को रहस्य !
मङ्गलबार, ०९ जेठ २०७४, ०९ : १०
नवलपरासी - नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक स्रोतको दाबी छ तर त्यहाँका स्थानीयले रविनाको हत्या भएको दाबी गर्दै आएका छन् ।
किशोरी अर्याल गत बुधबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शरीरको प्रकृति हेर्दा नाकबाट रगत बगेको, अनुहारमा चोट समेत देखिएकाले उनको आत्महत्या नभई उनका बाबु तुलसी अर्याल र सौतेनी आमाले हत्या गरेर झुन्ड्याएको आरोप स्थानीयले लगाएका छन् ।
स्थानीय सो घटनाबारे प्रहरीसँग निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । निष्पक्ष छानबिन नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीयले दिएका छन् ।
घटना शङ्कास्पद रहेको, प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा र दुम्कौली दुवैले परीक्षण गर्न नमानेपछि शवलाई भरतपुर अस्पताल लगेर परीक्षण गरिएको आन्दोलनमा सहभागी डण्डाकी शर्मिला गिरीले बताइन् । अर्यालको गत शुक्रबारनै परीक्षण गरी दाहसंस्कार गरिएको थियो । प्रहरीले मृतकका बाबु र सौतेनी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले घटनाको अनुसन्धान भइरहेको र परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण