काठमाडौं महानगरमा एमालेको अग्रता कायमै
मङ्गलबार, ०९ जेठ २०७४, ०९ : २१
काठमाडौं - काठमाडौं महानगरपालिकाको आज बिहान सम्म एक लाख १२ हजार ५४४ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।
मतगणनाअनुसार महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका विद्यासुन्दर शाक्यको ३७ हजार १५८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महानगर प्रमुख पदका उम्मेदवार राजुराज जोशीले २७ हजार ५५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, विवेकशील पार्टीको तर्फबाट महानगर प्रमुख पदका उम्मेदवार रञ्जु दर्शनाले १३ हजार ७३ मत प्राप्त गरेका छन् । साझा पार्टीका किशोर थापाले १० हजार ३२७ मत प्राप्त गरेका छन् । भने नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपप्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३५ हजार ४०५ मत प्राप्त गरेका छन् । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले १९ हजार ६४३ प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले पाँच हजार ३९१ र साझा पार्टीका निरुपमा यादवले छ हजार ९७८ मत प्राप्त गरे ।
गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा एक लाख ७२ हजार ६८३ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण