शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

म्यान्चेस्टर एरिना किन पर्यो निशानामा ?

मङ्गलबार, ०९ जेठ २०७४, ०९ : २१
मङ्गलबार, ०९ जेठ २०७४

बीबीसी

जेठ ९ – म्यान्चेस्टर एरिनामा भएको बम बिस्फोटमा १९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ५० भन्दा बढि घाइते भएका छन् ।

म्यान्चेस्टरको सिटि काउन्सलर प्याट कार्नेले बीबीसीलाई उक्त स्थान निकै सजिलो निशाना भएको जानकारी दिए ।

उनले भने, ‘एरिनाको कन्सर्टमा धेरैजसो युवा थिए, जो संगीतमा झुमिरहेका थिए, कसैले यस्तो हमलाबारे सोचेका पनि थिएनन् होला ।’

उक्त हमलाका कारण पूरा शहर स्तब्ध भएको र उक्त दुर्घटनामा मारिनेमध्ये धेरैको उमेर निकै कम भएको बताउँदै आफन्त गुमाउने परिवारप्रति समवेदना भएको उनले बताएका छन् ।

के हो म्यान्चेस्टर एरिना ?

म्यान्चेस्टर एरिना म्यान्चेस्टर शहरको सबैभन्दा ठूलो ‘इन्डोर भेन्यु’ हो जसको क्षमता १८ हजार दर्शकको छ ।

एरिनानामा नियमित रुपमा कन्सर्ट हुने गर्दछ जहाँ आरियाना ग्रान्डेजस्ता ठूला कलाकारले आफ्नो प्रस्तुती दिने गर्दछन् ।

२३ वर्षीया आरियाना अमेरिकाकी एक टेलिभिजन अभिनेत्री र पप स्टार हुन् ।

उनी विशेषगरी युवामाझ चर्चित छिन् जसका गीत ‘प्रब्लम’ सन् २०१४ मा बेलायतको चार्टमा शीर्ष स्थानमा रहेको थियो ।

आरियाना अहिले यूरोप देशको भ्रमण गरिरहेकी छिन् । उनले बर्मिंघम र डब्लिनमा कन्सर्ट गरिन् र यसै हप्ता बुधबार र बिहिबार लण्डनको ओटु एरिनामा कार्यक्रम गर्ने योजनामा छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप