शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

रोनाल्डोद्वारा ला लिगामा मेस्सीको किर्तिमान बराबर

मङ्गलबार, ०९ जेठ २०७४, ०९ : २२
मङ्गलबार, ०९ जेठ २०७४

म्याड्रिड, जेठ ९ – आइतबार मालागाविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डोले रियललाई ला लिगाको उपाधि मात्र दिलाएन्, आफ्नो व्यक्तिगत किर्तिमान पनि कायम गरेका छन् ।

दोस्रो मिनेटमा गोल गर्दै ३२ वर्षीय फरवार्डले लियोनेल मेस्सीको अभूतपूर्व किर्तिमानलाई बराबरी गरेका हुन् ।

गोल डटकमका अनुसार रोनाल्डोले ला लिगामा लगातार ८ सिजनमा २५ वा सोभन्दा बढी गोल गरेको मेस्सीको किर्तिमान बराबरी गरेका हुन् ।

यो किर्तिमान मालागाविरुद्ध रोनाल्डोले बनाउनेछन् भन्नेमा पनि शंका थिएन । किनभने पछिल्लो केही वर्ष रोनाल्डोले मालागाविरुद्ध नियमित गोल गरिरहेका छन् । तथ्यांकका अनुसार मालागाविरुद्धको हरेक खेलमा रोनाल्डोले औसत १ गोल गर्ने गरेका छन् ।

मालागाविरुद्धका पछिल्ला १५ खेलमा उनले १५ गोल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप