शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ठमेल नजिकै सडक दुर्घटनामा बालकको मृत्यु

मङ्गलबार, ०९ जेठ २०७४, १० : ५६
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौँ, ९ जेठ । गएराति ठमेल नजिकै गल्कोपाखामा भएको सडक दुर्घटनामा नौ वर्षका दीपेश विकको मृत्यु भएको छ ।

नुवाकोट शिवपुर गाउँपालिका–२ स्थायी घर भई हाल कपुरधारा बस्दै आएका विकलाई बा २ ज २३४५ नं को ट्याक्सीले राति करिब ८ बजे ठक्कर दिँदा उनी गम्भीर घाइते भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा संलग्न सवारीसाधनलाई महानगरीय प्रहरी वृत्त, लैनचौरले नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप