आरियाना ग्रान्डेले म्यान्चेस्टर कन्सर्टको बम बिस्फोटबारे भनिन्, ‘मसँग शब्द नै छैनन्’
एजेन्सी
जेठ ९ – आरियाना ग्रान्डेले सोमबार राती म्यान्चेस्टर एरिनामा आयोजित आफ्नै कन्सर्टमा भएको बम बिस्फोटबारे टिप्पणी दिएकी छिन् ।
‘भित्री मनदेखि नै क्षतविक्षत भएकी छु । मलाई माफ गरिदिनुहोस् । मसँग शब्द नै छैनन्,’ पुलिसले मृतक र घाइतेको संख्या पुष्टि गरेपछि ग्रान्डेले ट्वीट गरिन् ।
चिफ कन्स्टेबल इयान होप्किन्सले उक्त धमाका स्थानीय समयनुसार १०ः३३ मा भएको हो । ग्रान्डेको ‘डेन्जरस वुमन शो’ को टिकट अफिस नजिकै उक्त बम बिस्फोट भएको हो ।
broken. from the bottom of my heart, i am so so sorry. i don't have words.
— Ariana Grande (@ArianaGrande) May 23, 2017
‘यसबारे विस्तृत जानकारी नआएसम्म हामीले यसलाई आतंककारी हमलाको संज्ञा दिएका छौं,’ होप्किन्सले पत्रकार सम्मेलनमा भने । ‘घाइतेहरुको ६ वटा अस्पतालमा उपचार भइरहेको छ । हामीले उहाँहरुको सक्दो सहयोग गरिरहेका छौं ।’
‘आरियाना सुरक्षित छिन्,’ उनका एक प्रतिनिधीले जानकारी दिए । ‘घटनाबारे थप जानकारी लिने क्रममा छौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण