जोन टेरीले २६ मिनेटमा मैदान छाड्दा अरुले लाखौँ कमाए, फिक्सिङको आशंका
लण्डन, जेठ ९ – चेल्सीका कप्तान जोन टेरीले आइतबार स्टामफोर्ड ब्रिजमा अन्तिम खेल खेले । उनलाई बिदाई गर्न घरेलु मैदानमा विशेष व्यवस्था गरिएको थियो ।
२६ वर्षीय डिफेन्डरलाई उनले लगाउने २६ नम्बरको जर्सीअनुसार खेलको २६ औँ मिनेटमा सब्सिटिच्युड गर्दै मैदानमा गार्ड अफ अनर दिइएको थियो ।
यसरी उनले २६ मिनेटमा मैदान छाड्दा जुवामा धेरैले लाखौँ रुपैयाँ कमाएका छन् ।
इंल्ग्याण्डका पूर्व खेलाडी एलन सिएररले यस विषयमा प्रश्नसमेत उठाएका छन् भने फुटबल एसोसिएसनले बेटिङ कम्पनीहरुसँग यस विषयमा सोधपुछ समेत गरेका छ ।
१००–१ आधारमा यसमा जुवा लगाउनेहरुले कमाएको एक ग्राहकको दाबी रहेको छ ।
टेरीले यसरी २६ मिनेटमा मैदान छाड्ने आफ्नो योजना रहेको बताएका छन् । यसमा प्रशिक्षक एन्टोनियो कोन्टेको पनि सहमति रहेको उनले बताए ।
कोन्टेले भने, ‘उनी यो सम्मानको हकदार हुन् । उनी क्लबका लागि लिजेन्ड हुन् । उनी क्लबका मात्र होइन विश्कै उत्कृष्ट डिफेन्डर हुन् ।’
सन्डरल्याण्डका प्रशिक्षक डेभिड मोयेजले पनि आफ्नो टोलीले २६ औँ मिनेटमा बल बाहिर फाल्दै टेरीलाई मैदान छाड्ने अवसर दिने कुरामा सहमति गरेको बताएका छन् ।
यसअघि डिडिएर ड्रोग्बाको अन्तिम खेलमा स्टामफोर्ड ब्रिजमा यस्तै विदाई गरिएको थियो । खेलाडीहरुले उनलाई बोकेर मैदानमा बाहिर लगेका थिए ।
एफएले भने यस विषयमा फिक्सिङ भएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण