२४ घण्टा नबित्दै बालुवाटारमा मन्त्रिपरिषद बैठक
काठमाडौँ, जेठ ९ – आज अकस्मात मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठकमा सहभागि हुन अधिकांश मन्त्रिहरु बालुवाटार पुगिसकेका छन् । बजेट, दोस्रो चरणको चुनाव र प्रधानमन्त्रीको राजिनामा लगायतका विषयमा छलफल गर्न मन्त्रीपरिषद् बैठक बोलाइएको हो ।
मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले पूर्व सहमतिअनुसार सत्ता हस्तान्तरणका विषयमा समेत मन्त्रीहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले अन्य महत्वपूर्ण निर्णयहरु समेत गर्ने बताइएको छ ।
मधेसवादी दलहरुलाई दोस्रो चरणको निर्वाचनमा सहभागि सुनिश्चित गर्न भन्दै सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले २२ स्थानीय तह थपेको थियो । तर, त्यसप्रति प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेको छ । आजै बोलाइएको संसद बैठकमा एमालेले सरकारको स्थानीय तह थप्ने निर्णयको विरोध गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण