राजीनामा दिनुअघि प्रचण्ड र देउवाबीच बालुवाटार ‘विशेष छलफल’
मङ्गलबार, ०९ जेठ २०७४, १० : ५२
काठमाडौं, जेठ ९– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पदबाट राजीनामा दिने तयारी गरिरहेको बेला बालुवाटारमा प्रचण्ड– कांग्रेस सभापति शेरबहादुर देउवाबीच विशेष छलफल चलिरहेको छ ।
छलफल प्रधानमन्त्रीले संसदलाई गर्ने सम्बोधन, मधेसी मोर्चाको माग, आगामी जेठ३१ गते हुने चुनाव र नयाँ सरकार गठनलगायतका विषयमा केन्द्रीत रहेको बालुवाटार स्रोतले जनाएको छ ।
गत साउनमा प्रचण्ड नेतृत्वको सरकार गठन हुँदा कांग्रेस माओवादीबीच भएको सहमतिअनुसार अब देउवा नेतृत्वमा सरकार गठन हुँदैछ । सोहि सहमति कार्यान्वयन गर्न प्रचण्डले आज राजीनामा दिन लागेको सो अघि दुई नेताबीच विशेष छलफल भएको हो । राजीनामा दिनुअघि प्रचण्डले दिउँसो १ बजे संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण