आधुनिक हतियारसहित युवक जनकपुरबाट पक्राउ
मङ्गलबार, ०९ जेठ २०७४, १० : ५८
धनुषा, ९ जेठ । जनकपुरबाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं १०७ मा बसी रहेका युवकसँग हातहतियार रहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय सुरज साह सोनार रहेका छन् ।
प्रहरीले उक्त युवकको कोठामा खानतलासी गर्दा उनको सुत्ने ओछ्यानको सिरानीमुनिबाट चार राउण्ड गोली लोड रहेको युएसए अटो पेस्तोल एक थान फेला परेको धनुषाका नायब प्रहरी उपरीक्षक मनोज यादवले बताए ।
साह कुनै आपराधिक घटना घटाउने नियतले जनकपुरमा रहेको र उनी कुन प्रयोजनको लागि हतियार बोकेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण