उद्योग वाणिज्य सङ्घका सदस्य पनि उम्मेदवार बन्ने
दमक, ९ जेठ । यहाँस्थित दमक उद्योग वाणिज्य सङ्घका कार्यसमितिका तीनजना सदस्य आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्नु हुने भएको छ ।
उहाँहरुले आआफ्नो राजनीतिक दलबाट दुईजनाले वडा अध्यक्ष र एकजनाले वडा सदस्य पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
सङ्घका तृतीय उपाध्यक्षसमेत रहेका ताराप्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दमक–१ को वडा अध्यक्षमा, सङ्घका कार्य समिति सदस्य नवीन अग्रवालले दमक–६ बाट राप्रपाबाट वडा सदस्य पदमा उम्मेदवार बन्नुहुने बताएका छन् ।
यसैगरी, सङ्घका कार्यसमिति सदस्य राजु खड्काले नयाँ शक्ति पार्टीबाट दमक–६ को वडा अध्यक्ष पदमा उम्मेवार बन्नु हुनेभएको हो । जेठ ३१ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै चुनावी चहलपहल बढ्दै गएको छ ।
चुनावी चहलपहल बढेसँगै नगरमा उम्मेदवारको घोषणा हुनेक्रम पनि बढ्दो छ । दमक नगरमा हालसम्म नेकपा माओवादी केन्द्र तथा राप्रपाले प्रमुख, उपप्रमुखसहित वडा तहका सबै उम्मेदवार घोषणा गरिसकेका छन् भने काँग्रेस र एमालेले जेठ १२ गतेसम्म औपचारिक रुपमा नगरका उम्मेदवार घोषणा गरिसक्ने जनाएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण