अबको दुई सातामा देउवा प्रधानमन्त्री, यस्तो छ नयाँ सरकार गठन प्रक्रिया
काठमाडौं, जेठ ९– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने भएसँगै देशले अबको दुई साताभित्र नयाँ प्रधानमन्त्री पाउनेछ ।
कांग्रेस– माओवादीबीच प्रचण्ड नेतृत्वको सरकार गठनताका भएको सहमतिअनुसार अब कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । सोहि सहमति कार्यान्वयका लागि नै प्रचण्डले पदबाट राजीनामा दिन लागेका हुन् । राजीनामा दिनुअघि प्रचण्डले संसदमा दिउँसो एक बजे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेबी भण्डारीले सबैभन्दा पहिले विगतको परम्परालाई समेत आधार मान्दै राजनीतिक दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गर्नेछिन् । राष्ट्रपतिले त्यस्तो सरकार गठनका लागि सात दिनको समयसीमा दिनेछिन् । राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि दिएको समयसीमा सरकार गठन हुन नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नेछिन् ।
बहुमतिय प्रक्रियामा गएपछि संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ ।
संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण