स्थानीय तह थपिएको भोलिपल्ट बालुवाटारमा केपी ओलीसहितको बैठक
काठमाडौं, जेठ ९– सरकारले मधेसी मोर्चाको माग बमोजिम १२ जिल्लामा २२ स्थानीय तह थप गर्ने निर्णयसँगै प्रधानमन्त्री निवास बालुवाटामा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतको सहभागिता रहेको छ । एमालेले स्थानीय तह थप गर्न नहुने धारणा राख्दै आएकोमा सरकारले संख्या थपेको अवस्थामा बालुवाटार बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सोमबार बेलुका बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सामा १, धनुषामा १, सर्लाहीमा ३, बारामा १, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलवस्तुमा ३, कैलालीमा १ र बाँकेमा १ गरी २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको थियो । बैठकले बिराटनगर र बीरगंज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण