‘युवकलाई जिपमा बाँध्ने मेजर सम्मानित’
बीबीसी
जेठ ९ – भारतीय मिडियामा आएको खबर अनुसार सेनाका मेजर एल गोगोईलाई सेनाले सम्मानित गरेको छ ।
समाचार एजेन्सी पीटीआईले सूत्रको हवाला दिँदै उनलाई चरमपन्थ रोधी (काउन्टर इनसर्जेन्सी) अभियानका लागि पुरस्कार दिएको बताएको छ ।
पीटीआईले एक अन्य ट्वीटमा मेजर गोगोईको निरन्तर प्रयासका लागि सेना प्रमुख जनरल बिपिन रावतले उनलाई कमनडेशन कोर्डले सम्मानित गरेको जानकारी दिएको छ ।
मेजर गोगोईले पछिल्लो अप्रिल महिनामा फारुक अहमद डार नामका व्यक्तिलाई मानव ढालको रुपमा जीममा बाँधेर घुमाएपछि चर्चामा आएका थिए ।
९ अप्रिलको श्रीनगर लोकसभा सिटमा भएको उपचुनावपछि डारलाई जीपमा बाँधेको भिडियो भाइरल भएको थियो ।
जम्मू–कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीटरमा भिडियो जारी गर्दै यो मुद्दामा जाँच गर्ने माग गरेको थियो ।
जम्मू–कश्मिर पुलिसले यो मामलामा भारतीय सेनाका ५३ औं राष्ट्रिय रायफल्सका विरुद्ध एफआइआर दर्ता गरेको थियो ।
यस्तै जीपमा बाँधिएका फारुक अहमद डारले बीबीसी संवाददाता सलमान रावीलाई राष्ट्रिय रायफल्सको जवानलाई उनले बिहान ११ बजे समाते र बेलुका ७ बजेसम्म जीपमा बाँधेर घुमाइरहेको जानकारी दिए ।
डारले दाबी गरे, ‘राष्ट्रिय रायफल्सका मानिसहरुले उनलाई ढुङ्गा हान्ने व्यक्ति भने जबकी मैले कहिले पनि ढुङ्गा हानेको छैन । मेले भोटर आइडी कार्ड, आधार कार्ड देखाएँ तर उनीहरु केही सुन्न चाहेनन् ।’
मिडिया रिपोर्ट अनुसार यो मुद्दामा सेनाको कोर्ट अफ इन्क्वायरी जारी छ ।
मिडिया रिपोर्टको दाबी अनुसार संवेदनशील अवस्थामा मानिसहरुको ज्यान बचाउनका लागि मेजरले कारवाहीको ‘सबैभन्दा सुरक्षित बाटो अपनाएको’ छ ।
टाइम्स अफ इन्डियाले एक अधिकारीको हवाला दिँदै सरकार र सेनाको मान्यता अनुरुप चरमपन्थ रोधी अभियानमा बाधा पुर्याउने कोसिस गर्ने चरमपन्थीहरु वा ढुङ्गा फ्याँक्नेहरुले कुनै स्थान पाउनु हुँदैन भन्ने दाबी गरेको छ ।
यता मेजर गोगोईले पुरस्कार पाउने भन्ने खबर सार्वजनिक हुने बित्तिकै सोसल मिडियामा प्रतिक्रियाको बाढी नै आएको छ ।
भारतीय जनता पार्टीका सांसद र अभिनेता परेश रावलले पनि सोमबार यसै मुद्दामाथि एक ट्वीटर गरेका थिए जसमाथि विवाद सुरु भएको छ ।
परेश रावलले लेखे, ‘आर्मी जिपमा ढुङ्गा फ्याँक्नेलाई बाँध्नुको साटो अरुन्धती रायलाई बाँध्नुपर्छ ।’
यस्तै, मेजर गोगोईले पाएको सम्मानको विषयमा भारतीय जनता पार्टीका नेता प्रीति गान्धीले ट्वीटरमा लेखे, ‘कश्मिरमा प्रदर्शनकारीहरुलाई मानव ढालजस्तो जीपमा बाँध्ने अधिकारीलाई सम्मानित गरिएको छ । अब अगाडि जानुपर्छ ।’
सोसल मिडियामा अन्य थुप्रै मानिसहरुले मेजर गोगोईले सम्मान पाएकोमा सकारात्मक टिप्प्णी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण