शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बालुवाटारको शीर्ष बैठकमा किन पुगे महरा ?

मङ्गलबार, ०९ जेठ २०७४, १२ : ०४
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी तीन दलका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महरा र अर्थसचिव शान्तराज सुवेदी समेत पुगेका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे चासो राखेपछि त्यसबारे स्पष्ट पार्न महरा र सुवेदी पुगेका हुन् । बैठकमा महराले निर्वाचन आचारसंहितालाई प्रतिकूल नहुने गरी जेठ १५ गते नै पूर्ण आकारको बजेट ल्याउने गरी मन्त्रालय जुटेको बताएका थिए । बैठकपछि महराले संविधानअनुसार जेठ १५ गते नै पूर्ण आकारको बजेट ल्याउने गरी आफू लागिपरेको र बजेटमा निर्वाचन आचार संहिता प्रतिकुल नहुने कुनैपनि कार्यक्रम समावेश नगरिने प्रष्टिकरण दिएका थिए । यस्तै अर्थसचिव सुवेदीले पनि बजेट निर्माणका सम्बन्धमा जानकारी गराएका थिए । स्थानीय तह थपिएको भोलिपल्ट बालुवाटारमा केपी ओलीसहितको बैठक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप