धौलागिरिमा भारतीय एयर फोर्सको पथप्रदर्शक बेपत्ता, खोजी तीव्र
मङ्गलबार, ०९ जेठ २०७४, १२ : १६
म्याग्दी, ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् ।
धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए।
हिमालयन एक्पिडिसिनमार्फत भारतीय एयर फोर्सका १४ आरोहीको टोलीको पथप्रदर्शकका रुपमा शेर्पा धौलागिरिमा गएका थिए । आरोहणमा गएका भारतीय टोली भने सुरक्षित रहेको प्रनाउ खड्काले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण