कामपा–१९ मा काँग्रेस पूरै समूह विजयी
काठमाडौँ, ९ जेठ । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १९ मा नेपाली काँग्रसको पूरै समूह विजय भएको छ ।
अध्यक्षका उम्मेदवार काँग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९ र उहाँका प्रतिद्वन्द्वी नेकपा९एमाले०का आनन्द शाहीले ८२१ मत पा्रप्त गर्नुभएको छ ।
त्यसैगरी महिला सदस्यमा रेणुकमल शाही एक हजार २३१ मत प्राप्त गर्नुभएको छ । दलित महिला सदस्यमा भने काँग्रेसका तर्फबाटै रञ्जिता परियार निरविरोध निर्वाचित भइसक्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
खुला सदस्यमा काँग्रेसकै तर्फबाट चन्द्रमान डङ्गोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । हालसम्ममा कामपा–१, २,३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सम्पन्न्न भइसकेको छ । हाल ४, ६, ७, ८, ९, १३, १५, १७, १८, २०, २१, ३१ र ३२ वडाको मतगणना जारी छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण