ग्यास चुहिएर आगलागी हुँदा सिरहामा २३ लाखको क्षति
मङ्गलबार, ०९ जेठ २०७४, १२ : २९
लहान, ९ जेठ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा सोमबार राति खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा करिब रु २३ लाख मूल्यको क्षति भएको छ ।
बेल्हास्थित कमला खोलाको बाँध निर्माण गर्ने मजदुरले खाना पकाउने क्रममा अचानक ग्यास लिक भएर आगलागी हुँदा बाँध निर्माणमा प्रयोग हुने एक थान जेनेटर, एक सय थान प्लाई, तीन थान सिङ्गिवाटर पुल, जस्तापाता, तीन थान मोबाइल , एक थान साइकल तथा भाँडावर्तन र अन्नपातसमेत जलेर नष्ट हुँदा सो परिमाणको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण