प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधनको समय सर्यो
मङ्गलबार, ०९ जेठ २०७४, १२ : ४५
काठमाडौ, जेठ ९ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार दिउँसो १ बजे गर्ने भनिएको विशेष सम्बोधनको समय संशोधन भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद र दलहरुवीचको बैठककका कारण समय संशोधन गरी दिउँसो ३ बजेका तय गरिएको छ । यसअघि प्रचण्डले दिउँसो १ बजे सम्बोधन गर्ने समय तय भएको थियो । अहिले बालुवाटारमा कांग्रेस एमालेका नेताहरुसग बैठक चलिरहेको छ । त्यसलगत्तै १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । संसदमा विशेष सम्बोधन गरेर प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्ने सम्भावना छ ।
यसैबीच संसद बैठक पनि तीन बजेसम्मको लागि स्थगित भएको संसद सचिवालयका प्रवक्ता भरत गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण