शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भिडियो देखाउँदै हटुवालको दर्द सार्वजनिक

मङ्गलबार, ०९ जेठ २०७४, १२ : ४८
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९ –गजलकार ज्ञानदेव हटुवालको गीत गजलसंग्रह दर्द सार्वजनिक भएको छ । प्राध्यापक डा.कृष्णहरि बराल सहित नेता, सांसद, सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्य तथा गीतसंगीतका वरिष्ठ व्यक्तिको उपस्थितिमा दर्द सार्वजनिक गरिएको हो । हटुवाल लमजुङमा जन्मिएर भैरहवामा सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सबैका मनमा बस्न सफल भएका ज्ञानदेव हटुवाल राम्रा सर्जकका रुपमा परिचित छन् । उनको पहिलो श्रव्यदृश्य कृतिका रुपमा दर्द सार्वजनिक भएसँगै उनको साहित्यिक पाटोलाई पनि सबैका सामु ल्याइएको हो । एल्बममा कसरी बताउँ खै, नजिकिने बहनामा, तिमीलाई पाउने, दिएन साथ जिन्दगीले, सधैंभरि नबिर्सिने, देउतालाई फूलपाती, कुरी बसें तिमीलाईलगायत ९ वटा गीत समावेश गरिएको छ । जसमा बीबी अनुरागी, सुशीलकुमार श्रेष्ठ, राज सिग्देलको संगीत रहेको छ भने राज सिग्देल, मनोजराज, नीपा क्षत्री, सत्यराज आचार्य, अन्जु पन्त, राधिका भण्डारी, आनन्द कार्कीको स्वर रहेको छ । कार्यक्रममा गायक राज सिग्देलले गजल गायन प्रस्तुत गरेका थिए भने दुईवटा गजलको म्यूजिक भिडियोसमेत देखाइएको थियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप