बालुवाटार बैठकमा जंगिए ओली, स्थानीय तह संख्या बढाइएकोमा आपत्ति
काठमाडौं, जेठ ९– नेकपा एमालेले सरकारले स्थानीय तह संख्या थप गरेकोमा कडा आपत्ति जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सहमतिबिनै स्थानीय तह संख्या बढाइएको भन्दै आक्रोश व्यक्त गरेका थिए । बैठकमा सहभागि एक नेताले दिएको जानकारी अनुसार ओलीले संविधानको कुन धारा प्रयोग गरेर संख्या बढाइएको भन्दै प्रश्न समेत गरेका थिए । बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेलाई हराउने उद्देश्यले मनपरि रुपमा स्थानीय तह संख्या बढाइएको समेत आरोप लगाएका थिए ।
तर बैठकमा प्रधानमन्त्री प्रचण्डले भने मधेसी दललाई समेत सहभागि गराएर जेठ ३१ को चुनाव सम्पन्न गराउन स्थानीय तह संख्या बढाइएको भन्दै विरोध नगर्न ओलीसँग आग्रह गरेका थिए ।
बैठकपछि एमाले नेताहरुले संख्या बढाउने अधिकारै प्रचण्ड सरकारलाई नरहेको भन्दै सो आफूहरुलाई मान्य नभएको प्रतिक्रिया दिए । यस्तै एमालेले करका दायराहरु बृद्धि नहुने गरी बजेट ल्याए आफूहरुको विरोध नरहने धारणा राखेको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डका साथै एमाले अध्यक्ष केपी शर्मा ओली नेताहरु माधव नेपाल सुरेन्द्र पाण्डे, विष्णु पौडेलको सहभागिता रहेको थियो भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेताहरु सशांक कोइराला, रामचन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । यस्तै उपप्रम विजयकुमार गच्छदार पनि बैठकमा सहभागि थिए ।
आजको बैठकमा सहमति भन्दा पनि बजेट र स्थानीय तहकै विषयमा धारणा राख्ने काम भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण