शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बालुवाटार बैठकपछि यस्तो आयो केपी ओलीको प्रतिक्रिया

मङ्गलबार, ०९ जेठ २०७४, १३ : २५
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउने उद्देश्यले स्थानीय तहको संख्या बढाएको आरोप लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने– –कांग्रेस र माओवादी केन्द्रलाई लोकलाज केहि छैन । चुनावकै बीचमा बजेट ल्याउन खोजिन्छ । कसैलाई सरकार छाड्न मन छ । कस्तो विवसता ? कसैलाई प्रम हुनु हतार छ । निर्जज्जताको पनि हत हुन्छ । –जहाँजहाँ एमालेले जित्छ त्यहाँत्यहाँ स्थानीय तह परिवर्तन गरिएको छ । त्यसमा एमालेको समर्थन हुन सक्दैन । - स्थानीय तह संख्या कुन कानुन र कुन धाराका आधारमा गरिएको भनि बैठकमा प्रश्न राख्यौं | –कति तह बढाउने/घटाउने भन्नेमा संवैधानिक तबलरले विधि र प्रक्रियामार्फत जानुपर्छ । सरकारमा गएपछि कानुन नलाग्ने संविधान मान्नुनपर्ने ? –अहिले निर्वाचन प्रभावित हुने गरी सरकारले केहि पनि गर्न हुन्न । बजेट ल्याउन मिल्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप