पेटको घाउभित्र औंठी लुकाएर यी प्रेमीले नर्सलाई यसरी प्रेम प्रस्ताव राखे, नर्सको प्रतिक्रिया भिडियोमा
डेली मेल
जेठ ९ – रसियाका एक युवकले प्रेमिकालाई प्रस्ताव राख्नका लागि निकै अचम्मको तरिका अपनाएका छन् । उनले आफ्नो पेटभित्रको घाउमा औंठी लुकाएर आफ्नी नर्स प्रेमिकालाई प्रस्ताव राखेका हुन् ।
रसियाका काराचे–चर्केस रिपब्लिकका यी नाम नखुलाएका युवककी नर्स प्रेमिकाले उनको घाउबाट औंठी निकालिरहेको दृश्य उनका साथीले क्यामरामा कैद गरेका छन् ।
उनको घाउभित्र भएको वस्तु वास्तवमा औंठी भएको थाहा पाएपछि उनकी प्रेमिका भावविह्वल भएकी थिइन् । उनले प्रेमीको प्रस्ताव स्विकारेपनि औंठी लगाउनुभन्दा पहिले त्यसलाई पखाल्न रोकेकी थिइन् ।
ती युवकलाई कसरी चोट लाग्यो भन्ने कुरा नखुलाइएपनि स्थानीय मिडियाका अनुसार ती व्यक्तिले आफ्ना डाक्टरलाई उक्त औंठी घाउभित्र लुकाउन विश्वस्त तुल्याएनन् ।
त्यसपछि उनले प्रेमिकालाई घाउ ड्रेसिङ गर्नका लागि आग्रह गरे ।
आफ्नी भावी श्रीमतीलाई गुलाबको फूलको बुकेसमेत दिने ती युवकले आफ्नो प्रस्तावलाई अविस्मरणीय बनाउनका लागि यस्तो गरेको स्थानीय मिडियालाई बताए ।
यद्यपी, उनको भिडियो अपलोड भएपछि त्यसमा मिश्रित प्रतिक्रिया आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
-
मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरु
-
थाहा नगरपालिकाले ल्यायो ९० करोड ९७ लाख रुपैयाँको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण