शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जंगली जनावरलाई बन्दुक हान्दा मान्छेलाई लाग्यो, एक घाइते

मङ्गलबार, ०९ जेठ २०७४, १३ : ४६
मङ्गलबार, ०९ जेठ २०७४

काठमाडौं, जेठ ९ – वुटवल उप–महानगरपालिका–१२ स्चिारपाला जंगलमा जंगली जनावरलाई भरुवा बन्दुकले हानेको छर्रा लागेर नरबहादुर गाहा मगर घाईते भएका छन् । बुटवल–१२ ज्यामिरे बस्ने २७ वर्षीय गाहा मगर तामनगरमा घर बनाउने काम गरी आप्mनो घर फर्कने क्रममा चारपाला जङगलबाट आएको गोली लागेर गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय वुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । गाहा मगरको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको र बन्दुक हान्ने एक ब्यक्तिलाई नियन्त्रणमा लिईएको डिएसपी मरासिनीले जानकारी दिए । प्रहरीले घट्नास्थलबाट तिन थान भरुवा बन्दुक समेत बरामद गरेको छ । यसैबिच मकवानपुरको मनहरी गाउँपालिका–८ पूर्वपश्चिम लोकमार्ग स्थित माथिल्लो ज्यामिरे जंगलमा ना.६ ख ५६०१ नम्बरको ट्रकमा लोड गर्दै गरेको ४५ के.जी. गाँजा सहित ट्रक चालक बेलबहादुर थोकर र सहचालक बिजय भोलनलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी, धनकुटा शहिदभुमी गाउँपालिका–३ बस्ने ३० वर्षीय सर्वजित राईलाई करीब ५ के.जी. लागूऔषध गाँजा सहित मंगलबार मोरङ प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–१० कपन दुर्गा मन्दिर बस्ने २६ वर्षीय निरन्जन थापालाई पनि प्रहरीले सोमबार सोही नगरपालिका–१२ बाट लागूऔषध गाँजा १ के.जी. सहित पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप