शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कौराका राजा मानिने गायक गणेशको ‘सुनको औँठी’

मङ्गलबार, ०९ जेठ २०७४, १३ : ५०
मङ्गलबार, ०९ जेठ २०७४
काठमाडौं, जेठ ९ – चर्चित कौराका राजा मानिने गायक गणेश गुरुङ पछिल्लो समय निकै ब्यस्त बन्दै आएका छन् । लोक तथा दोहोरी क्षेत्रमा कौराका भाकाको एकछत्र राज गर्दै आएका गुरुङले दर्शक तथा स्रोतमाझ अर्को कौरा भाका ल्याएका छन् । गुरुङको कौरा भाकालाई गायक गुरुङ र धनबहादुर गुरुङले लेखेका हुन् जसमा गायक गुरुङ, राजु गुरुङ, डिवि गुरुङ, गायिका मुना थापा मगर, चिना थापा र बबिता गुरुङको स्वर रहेको छ । गीतमा गायक स्वयंमले लय भरेका छन् । ‘सुनको औँठी’ बोलको कौरा भाकाले विशेषगरि पूर्व र पश्चिमको संस्कृतिलाई एउटै डोरिमा बाँध्ने प्रयास गरेको छ । गीतका टुक्काहरुमा पश्चिमको संस्कृतिलाई पूर्वमा परिचत बनाउन खोजिएको छ । विशेष गरेर पूर्वको धरान वरिपरि बस्ने गुरुङ, राई, लिम्बूहरुलाई पश्चिमको गीतसंगीत र संस्कृतिमा परिचित गराउन खोजिएको गायक गुरुङले बताए । उक्त गीतलाई निर्देशक मनाङ गुरुङको निर्देशनमा म्युजिक भिडियो निर्माण गरएको छ । गीतको सम्पुर्ण छांयाकनको काम पूर्वको धरान र आसपारमा नै गरिएको हो । गीतलाई खेम थापाले खिचेका हुन्, भने बिष्णुहरी तिमिल्सीनाले सम्पादन गरेका हुन् । कौरा र सालैजो विशेष गरि पश्चिमि गुरुङ र मगर समुदायमा लोकप्रिय मानिन्छ । गुरुङ विशेष गरेर कौरा र सालैजो गीत गाउन माहिर गायकका रुपमा परिचित गायक गुरुङले केही समयअघि गुरुङ चलचित्र प्हिरुमालामा समेत नायकको भूमिका निर्वाह गरेका थिए । https://www.youtube.com/watch?v=OgBHQxjW6nc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप