रुपन्देहीमा अनियमित विद्युत कटौती, सर्वसाधारण समस्यामा
मङ्गलबार, ०९ जेठ २०७४, १३ : ५१
रुपन्देही,जेठ ९– विगत केहि दिनयता रुपन्देहीको देवदहमा अनियमित विद्युत कटौतीको विरोधमा स्थानीयले विरोध प्रर्दशन गरेका छन् ।
पुर्व सुचना बिनै विद्युत कटौति हुने र विद्युत भोल्टेज कम आउने गरेका कारण दिकदार बनेका स्थानियले विद्युत कार्यालय शित्तलनगरमा नाराबाजी गरेपछि प्राधिकरणले तीन दिनभित्र समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको छ । विद्युत गडबडीका कारण फ्रिज पङ्खा मोटर लगाएतका विद्युतिय सामाग्री जलेको स्थानियले बताएका छन् । यता, ओभरलोडका कारण समस्या भएपनि समाधान खोजिने बुटवल वितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्रले बताएका छन् । अनियमित विद्युत कटौती र लो भोल्टेजका कारण देवदहका सञ्चारमाध्यम, कलकारखाना, बैक तथा वित्तिय संस्था बढि मारमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण