शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना, एकको मृत्यु २५ घाइते

मङ्गलबार, ०९ जेठ २०७४, १३ : ५२
मङ्गलबार, ०९ जेठ २०७४
सुर्खेत, जेठ ९– सुर्खेतको वीरेन्द्रनगर १४, छेडामा मंगलबार भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् । घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । कालिकोटबाट निर्वाचन सम्पन्न गरेर सुर्खेत आउँदै गरेको मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणको ना १ ग– ४७६ नम्वर मिनि ट्रक वीरेन्द्रनगर–१४, छेडाको मोडमा दुर्घटना हुँदा प्रहरी जवान ताराबहादुर चन्दको घटना स्थलमै मृत्यु भएको हो । घाईतेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, स्थानीय माया र देउती नर्सिङ होममा उपचार भईरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार ट्रकमा २५ जना प्रहरी जवान सवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप