जेठ १५ गते बजेट ल्याउने सरकारको निर्णय स्वागतयोग्यः राणा
काठमाडौ, जेठ ९ – राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ १५ गते बजेट ल्याउने सरकारको निर्णयको स्वागत गरेको छ । पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले संविधानमै व्यवस्था भए अनुसार जेठ १५ गते बजेट ल्याउने सरकारको निर्णय स्वभाविकै भएको टिप्पणी गरेका हुन् । भक्तपुरमा मंगलबार भएको साक्षात्कारमा वरिष्ठ नेता राणाले सरकारले नयाँ कार्यक्रम नथपी ल्याउन लागेको बजेट निर्वाचन आचारसंहिता विपरित नहुने पनि दावी गरे ।
उनले राष्ट्रिय गौरवको आयोजनालाई उच्च प्राथमिकता दिएर सरकारले ल्याउन लागेको बजेटमा आफ्नो पार्टीको पूर्ण साथ रहेको समेत बताए । राणले राष्ट्रिय आवश्यक्ता अनुसार आउन लागेको बजेटलाई कसैले पनि विवादको विषय बनाउनु पर्ने आवश्यक्ता नरहेको तर्क गरे ।
वरिष्ठ नेता राणाले मधेशको मागलाई सम्बोधन गरेर दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य चुनौति रहेको बताए ।
‘चुनाव चिह्न हलो छोड्नु पराजयको कारण’
जबराले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु पराजयको कारण भएको बताए ।
रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता राणाले आगामी निर्वाचनका लागि पार्टीले उचित निर्णयका साथ चुनावी रणनीति अपनाउनुपर्ने बताउँदै देशमा तत्कालै संसदीय निर्वाचन पनि आवश्यक रहेको धारणा राखे ।
वरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपाले आफनो सहभागिता जनाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण