शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बोलेरो गाडी पल्टिँदा नौ घाइते

मङ्गलबार, ०९ जेठ २०७४, ०८ : ४६
मङ्गलबार, ०९ जेठ २०७४

चितवन, ९ जेठ । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा आज मध्याह्न बोलेरो गाडी अनियन्त्रित भई पल्टिँदा नौ जना घाइते भएका छन् ।

फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ च २३३ नं को बोलेरो अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

घाइते सबैलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसैबीच केही दिनअघि गोली लागेर घाइते बनेका भरतपुर महानगरपालिका– २५ का २८ वर्षीय गङ्गाराम महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज उपचारका क्रममा मृत्यु भएको छ ।

महतोलाई घरमा सुतिरहेको समयमा लुटेराको समूहले यही जेठ ६ गते गोली हानेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप