शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन हुने
शुक्रबार, ०४ फागुन २०७४, ११ : १५
डोल्पा -डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालको गहिराइ पुनः मापन गरिने भएको छ ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६५० मिटर गहिरो उक्त तालको गहिराइ पुनःमापन गरिने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । उक्त तालको गहिराइ मापन पहिलो पटक २०३६ सालमा भएको भनिएता पनि हाल यसको तथ्यांक कतै भेटिएको छैन ।
सन् २००४ मा ब्याथीमेट्रिक सर्वे विधिबाट वैज्ञानिक अध्ययन गर्दा उक्त तालको जम्मा गहिराई १२५ मिटर मात्र भएको तथ्यांक जल तथा मौसम विज्ञान विभागमा पेश गरिएपछि नेपालको गहिरो ताल नभएको भनेर विवादमा आएको थियो ।
दुर्गम जिल्लाका सर्वसाधारणलाई जानकारी नै नदिई छलकपट गरी विभागका कर्मचारीको मिलेमतोमा तालको गहिराइ मापन गरी नेपालको गहिरो ताल नभएको भनेर प्रचार गरिएको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण