सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

लिंगको गोरोपन लुकाउनका लागि ट्याटु बनाउनेछन् यी व्यक्तिले

बिहीबार, ११ जेठ २०७४, १३ : ३६
बिहीबार, ११ जेठ २०७४

एजेन्सी

जोहान्सबर्ग, जेठ ११ – ४० वर्षका एक अश्वेत व्यक्तिको लिंग प्रत्यारोपण भयो । जो डोनरको लिंग उनको शरिरमा राखिएको छ, त्यो श्वेत मूलका व्यक्तिको थियो । जसका कारण प्रत्यारोपण गराउने व्यक्तिको शरिर र लिंगको रङ भिन्न नहोस् भन्नका लागि उनले आफ्नो लिंगमा ट्याटु बनाउने निर्णय गरेका छन् ।

वास्तवमा यी व्यक्ति आफ्नो खतना गराइरहेका थिए । खतना गर्ने व्यक्तिले गल्तीपूर्वक उनको लिंग नै काटिदिए । दक्षिण अफ्रिकाका डाक्टरको समूहले यी व्यक्तिको लिंगलाई दोस्रोपटक राख्नका लागि लिंग प्रत्यारोपणको सहारा लिए । जो डोनरको लिंग यो प्रत्यारोपणका लागि प्रयोग गरियो ती श्वेत मूलका थिए । शल्यक्रिया त सफल भयो तर अब प्रत्यारोपण गराउने व्यक्तिको बाँकी शरिरको रंग  उनको लिंगको छालाको रंगभन्दा भिन्न छ । यो समस्याबाट पार पाउनकाल लागि यी व्यक्तिले आफ्नो लिंगमा ट्याटु बनाउने निर्णय गरेका छन् ।

प्रोफेसर एन्ड्रे भान देर मर्वेले भने, ‘बिरामी अश्वेत हुन् तर डोनर गोरो वर्णका ।’

‘लिंग प्रत्यारोपणका लागि धेरै थोरै डोनर पाइन्छन् ।’

‘उनी वास्तवमा नै सबैभन्दा खुसी बिरामी हुन् जसलाई हामीले हाम्रो वार्डमा देखेका छौं ।’

‘उनले निकै राम्रोृ गरिरहेका छन् ।’

‘ती बिरामीको मूत्र र प्रजनन कार्य आउँदो ६ महिनाभित्र सुचारु हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप