यस्तो देखियो राष्ट्रपति भण्डारी संसद भवन पुग्दा (फोटोफिचर)
कृष्ण खड्का
काठमाडौँ, ११ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिले व्यवस्थापिका–संसद्मा सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए ।
मन्त्रिपरिषद्का यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
संसद् भवनमा आउनु हुँदा राष्ट्रपति भण्डारीलाई सभामुख ओनसरी घर्ती, उपसभामुख गङ्गाप्रसाद यादव र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण