कृष्ण सेन स्मृति पुरस्कार सिन्धुलीका बेपत्ता पत्रकार श्रेष्ठको सम्मानमा दिइने
बिहीबार, ११ जेठ २०७४, १८ : २८
काठमाडौं, जेठ ११ – प्रेस सेन्टर नेपालले यस वर्ष प्रदान गर्ने ‘कृष्ण सेन इच्छुक स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’बाट बेपत्ता कलम योद्धा सिन्धुली पोष्ट साप्ताहिकका तत्कालीन सम्पादक चित्रनारायण श्रेष्ठको सम्मानमा प्रदान गर्ने निर्णय गरेको छ ।
सेन स्मृति दिवस प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीले संयुक्त रुपमा मनाउने समेत जनाएको छ ।
बिहीबार बसेको पुरस्कार छनौट समितिको बैठकले बेपत्ता कलम योद्धा चित्रनारायण श्रेष्ठका लागि उनकी जीवनसंगीनी सावित्रा श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छनौट समितिका संयोजक ओम शर्माले जानकारी दिए ।
सेन्टरले १५ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा जेठ १३ गते आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गर्नेछ ।
बुधबार बसेको प्रेस सेन्टर, नेपालको सचिवालयको बैठकले पुरस्कार छनौटका लागि सेन्टरका उपाध्यक्ष ओम शर्माको संयोजकत्वमा उपाध्यक्ष बलराम थापा र सचिव मनोज घर्तीमगर सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।
कमलामाई–९, ढुंग्रेबास (साविक), सिन्धुली निवासी सिन्धुली पोष्ट साप्ताहिकका तत्कालीन सम्पादक श्रेष्ठलाई प्रहरीले २०५७ जेठ १७ गते सर्लाहीको हरिवनबाट गिरफ्तार गरेको थियो । उनी हालसम्म बेपत्ता छन् ।
सेन स्मृति दिवस संयुक्त रुपमा मनाइने
पत्रकार एवम् साहित्यका सहिद कृष्ण सेन ‘इच्छुक’को १५ औं स्मृति दिवस प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन र प्रेस सोसाइटीले संयुक्त रुपमा मनाउने भएका छन् ।
बुधबार बसेको प्रेस सेन्टरको सचिवायको बैठकले सेन स्मृति दिवस संयुक्त रुपमा मनाउन अन्य संगठनहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।
‘हामी हिजो पनि सँगै थियौँ, आज पनि सेनले देखाएको बाटोमै छौँ,’ प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले भने, ‘सेन स्मृति दिवस संयुक्त रुपमा मनाउने भएका छौँ । यो हामी सबैका लागि खुशीको कुरा हो ।’ उनले प्रदेश र जिल्ला शाखाहरुमा पनि संयुक्त रुपमा मनाउन सुझाव दिईएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण