शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जनकको एक्सका लागि हलिउडकी मोडल जुली काठमाडौँमा

बिहीबार, ११ जेठ २०७४, १८ : ३०
बिहीबार, ११ जेठ २०७४

काठमाडौं, जेठ ११ – हलिउड मोडल जुली डुवल अहिले काठमाडौमा छिन् । हलिउड प्रोजेक्ट ‘एक्सा’ छायाँकनका लागि उनी युनिट सहित नेपाल आएकी हुन् । उक्त प्रोजेटका लागि नेपालको तर्फबाट क्रियटिभ डाइरेक्टर जनकदीप पराजुली छानिएका छन् ।

राजधानीका बिभिन्न स्थानमा छायाँकन भएको ‘एक्सा’मा जुलीका अलवा काठमाडौँ क्षेत्रपाटीमा रहेको भक्त विद्याश्रमका बिद्यार्थी चित्र फुंयालले समेत अभिनय गरिरहेका छन् ।

‘एक्सा’मा मुम्बईका लाइन प्रोडुसर राजेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन गरेका हुन् । छायाँकनका लागि मुख्य प्राबिधिक हलिउडबाट आएका हुन्, भने केही प्राबिधिक नेपालका पनि छानिएका छन् ।

भुकम्पको कथामा निर्माण थालिएको ‘एक्सा’मा एक भोलिन्टियरको कथा बिषय बनाइएको छ । भुकम्पको बेला भोलिन्टिएरले साट्ने सुख दुःख समेत प्रोजेटमा समेटिने छ ।

बिगत एक महिना देखि आफु यही प्रोजेक्टका ब्यस्त रहेको निर्देशक जनकदीप पराजुले बताए । नेपाल पछि ‘एक्सा’ फ्रान्स र बैंकक समेत छायाँकन हुने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप