शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौंमा शाक्यको अग्रता कायमै, वडामा यस्तो छ

बिहीबार, ११ जेठ २०७४, १८ : ४१
बिहीबार, ११ जेठ २०७४
काठमाडौँ, जेठ ११ – काठमाडौँ महानगरपालिकामा एक लाख ५३ हजार ३९६ मत गणना हुँदा प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्यको अग्रता कायमै छ । शाक्यले ५० हजार ६०१ र नेपाली काँंग्रेसका राजुराज जोशीले ३५ हजार ६७९ मत प्राप्त गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र) का उम्मेदवारले पाँच हजार ७०३, साझा पार्टीका उम्मेदवारले १४ हजार ५७४ र विवेकशील पार्टीका उम्मेदवारले १८ हजार ५७४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा काँग्रेसका हरिप्रभा खड्गीले ४६ हजार ४ सय ६२ र राप्रपाका राजाराम श्रेष्ठले २७ हजार ३९९ मत प्राप्त गर्नुभएको छ । वडा नं ६, ७, ८, १७, २१ र ३१ वडाको मत परिणाम सार्वजनिक भएको छ । एमालेले वडा नं ७, २१ र ३१ मा आफ्नो समूहसहित विजय हासिल गरेको छ । त्यसै गरी वडा नं ८ मा काँग्रेसको समूह नै विजयी भएको छ । अन्य दुई वडामा अध्यक्षमा कांँग्रेसले विजय हासिल गरे पनि सदस्यमा एमाले र कांँग्रेस दुवैले विजय हासिल गरेका छन् । छ मा कांँगेस काँग्रेससका दीपेन्द्र लामा तीन हजार ६१५ मत ल्याई अध्यक्षमा विजय हासिल गर्नुभएको छ । महिला सदस्यमा श्रीलक्ष्मी श्रेष्ठले तीन हजार ३४३ र दलित महिला सदस्यमा कमला बयलकोटीले तीन हजार ३७७ मत तथा खुला सदस्यमा नरेन्द्रकुमार थापाले तीन हजार ४१ र जयराम पुडासैनीले तीन हजार २८६ मत प्राप्त गर्नुभएको छ । सातमा एमाले सात नं वडामा अध्यक्षमा एमालेका शुद्धकुमार डङ्गोलले तीन हजार ७२४ मत प्राप्त गरी जित्नुभएको छ । महिला सदस्यमा निर्मला पुडासैनीले तीन हजार ७९४ र दलित महिला सदस्यमा चन्द्रकला सुन्दासले तीन हजार ७६३ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । त्यसैगरी खुला सदस्यमा कृष्णमणि भट्टराईले तीन हजार ५७६ र कृष्णप्रसाद घिमिरेले तीन हजार २९१ मत प्राप्त गरी जित्नुभएको छ । आठमा कांँग्रेस आठ नं वडामा कांग्रेसका दिनेशकुमार डङ्गोलले एक हजार ६३६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । त्यसैगरी महिला सदस्यमा इन्दिरा भण्डारीले एक हजार ३१३ र दलित महिला सदस्यमा राजलक्ष्मी भुसालले एक हजार ३६४ मत प्रप्त गरी विजय हासिल गर्नुभएको छ । खुला सदस्यमा विवेक सङ्गतले एक हजार २२६ र शेखर देउलाले एक हजार १५९ मत प्राप्त गरी जित्नुभएको छ । सत्रमा कांँगे्रस सत्र नं वडामा अध्यक्षमा कांँग्रेसका नवीन मानन्धर दुई हजार २७६ मत ल्याएर विजयी हुनुभएको छ । महिला सदस्यमा कमला महर्जन एक हजार ८०९ र दलित महिला सदस्यमा कविता दासले एक हजार ८२५ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । खुला सदस्यतर्फ एमालेका बाबुराजा महर्जन एक हजार ६७७ र कांँग्रेसका जितेन्द्र खड्गीले एक हजार ६६६ मत प्राप्त गरी विजय हुनुभएको छ । एक्काइसमा एमाले अध्यक्षमा उदयचूडामणि वज्राचार्यले दुई हजार ६५७ मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ । महिला सदस्यमा ज्ञानु डङ्गोलले दुई हजार ६६७, दलित महिला सदस्यमा रिना नेपाली दुई हजार ७१० तथा खुला सदस्यमा न्हुछेदेवी महर्जन दुई हजार ४१६ र श्याम शाक्यले दुई हजार ४५० मत ल्याएर विजयी हुनुभएको छ । एकतिसमा एमाले वडा नं २१ का वडाध्यक्षमा नारायणप्रसाद भण्डारी चार हजार २९७ मत प्राप्त गरी विजयी हुनुभएको छ । महिला सदस्यमा होमदेवी आचार्य चार हजार २२१ र दलित महिला सदस्य साननानी मिजार चार हजार १०६ मत ल्याएर विजयी हुनुभएको हो । त्यस्तै खुला सदस्यमा रमेश सत्याल चार हजार १८१ र सरोज ढकाल चार हजार ४८८ मत प्राप्त गरी विजयी हुनुभएको छ । कामपाको हालसम्ममा २४ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ जसमा १३ स्थानमा एमाले र ११ स्थानमा काँग्रेस विजयी भएको छ । अब आठ वटा वडाको मत परिणाम आउन बाँकी छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप