शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कर छली प्रकरणमा सर्वोच्चद्वारा मेस्सीको २१ महिना जेल सजाय यथावत

बिहीबार, ११ जेठ २०७४, १८ : ५८
बिहीबार, ११ जेठ २०७४

म्याड्रिड, जेठ ११ – बार्सिलोना तथा अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीलाई गत वर्ष सुनाइएको २१ महिने जेल सजायलाई यथावत राखेको छ । तर, उनी जेल भने जानुपर्ने छैन ।

मेस्सी र उनका पिता जर्ज, जो मेस्सीको आर्थिक गतिविधिलाई व्यवस्थापन गर्छन्, लाई सन् २०१६ मा ३.५ मिलियन पाउण्ड कर छली गरेको आरोपमा दोपी पाइएको थियो ।

केही कर तिरेका कारण मेस्सीका पिताको जेल अवधि भने घटाइएको थियो ।

स्पेनमा २ वर्षभन्दा तलको जेल सजाय कैद बाहिरको नियन्त्रणमा विताउन पाइन्छ ।

अब यो मुद्दा पुनः बार्सिलोनाको अदालतमा फर्किने छ जसले शुरुमा सजाय सुनाएको थियो ।

५ पल्टको वर्ष फुटबल खेलाडी विजेता मेस्सीले सन् २०१६ मा यस प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका थिए ।

तर, बुधबारको अदालतको निर्णयमा यति धेरै पैसा कमाउनेलाई आफूले कति कर तिर्नुपर्ने थाहा नहुने कुरा अपत्यारिलो भएको बताइएको छ ।

बेलिज र उरुग्वेमा रहेको ट्याक्स हेभन प्रयोग गरेर सन् २००७ र सन् २००९ को बीचमा कर छलि गरेको भन्दै तीन तहको जालसाजीको आरोपमा दुवैलाई दोषी पाइएको थियो ।

उनीहरुलाई ठूलो जरिवना पनि तिर्न आदेश दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप