शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इंग्ल्याण्डको टोलीमा अटाएनन् कप्तान रुनी

बिहीबार, ११ जेठ २०७४, १९ : ११
बिहीबार, ११ जेठ २०७४

लण्डन, जेठ ११ – कप्तान वेयन रुनी इंग्ल्याण्डको राष्ट्रिय टोलीमा छनौट हुन असफल भएका छन् । जुनमा स्कटल्याण्ड र फ्रान्सविरुद्धको खेलका लागि छनौट गरिएको टोलीमा उनको नाम समावेश गरिएको छैन ।

इंग्ल्याण्डका लागि ११९ खेल खेलेका ३१ वर्षीय रुनीले यस सिजन म्यान्चेस्टर युनाइटेडका लागि मात्र १५ लिग खेल खेलेका छन् ।

टोटनहमका डिफेन्डर केइरन ट्रिपर भने पहिलो पटक टोलीमा समावेश भएका छन् ।

इंग्ल्याण्डले ग्लासगोमा विश्वकप छनौट खेल्दैछ भने स्टाडे डे फ्रान्समा मैत्रीपूर्ण खेल खेल्दैछ ।

युनाइटेडकै युवा खेलाडी मार्कस रासफोर्ड भने गेराथ साउट साउथगेटको टोलीमा पुनः समावेश भएका छन् ।

५ खेलपछि १३ अंक बटुलेको इंग्ल्याण्डले ग्रुफ एफ अन्तरगतको खेलमा जुन १० मा स्कटल्याण्डको सामना गर्नेछ ।

त्यसपछि फ्रान्समा जुन १३ मा मैत्रिपूर्ण खेल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप